२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेका छन् ।
ललितपुरको सानागाउँमा जारी बैठकमा उनले संघीयता कार्यान्वयनका निम्ति प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन् ।
संघीय मन्त्रालयको संख्या पनि घटाउनुपर्ने, प्रदेश मामिलासम्बन्धी विषय प्रदेश सरकारलाई नै जिम्मेवारी दिनुपर्ने उनले प्रस्ताव गरेका छन् । फजुल खर्च कटौती गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
मधेस आन्दोलनका बेला सरकार र मधेशी जनअधिकार फोरम, नेपालबीच गरिएको २२ बुँदे सम्झौता, सरकार र संयुक्त मधेशी मोर्चाबीचको आठबुँदे सम्झौताका कार्यान्वयन गर्न बाँकी विषयमा उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
उपेन्द्र यादवको राजनीतिक प्रस्तावको पूर्णपाठ पढ्नोस्–
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij