२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारमा गएका मन्त्रीहरूले राम्रो काम गर्न नसके पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् ।
कांग्रेसको मुख्य प्रतिस्पर्धी (एमाले)ले गठबन्धन सरकारको नेतृत्व गरिरहेको प्रशंग झिक्दै कोइरालाले मन्त्रीहरूले राम्रो काम गर्न नसके पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘गठबन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन् । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन् र भावी दिनमा के गर्लान् भनी अड्कल काट्न चाहन्नँ । तर, अहिले सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टी भड्खालोमा पर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij