२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । बैठक आज (आइतबार) बिहान ११ बजेबाट सुरू भएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेन्डामाथि छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् m।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले कांग्रेसबाट नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
उनीहरूले भनेजस्तो कार्यसम्पदान गर्न नसकेृको भन्दै बैठकमा मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने धारणा राखेका छन् । यद्यपि यसबारे सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्न बाँकी छ ।
कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास, रमेश लेखक गृह, आरजु राना परराष्ट्र, तेजुलाल चौधरी खेलकुद, प्रदीप पौडेल स्वास्थ्य, अजय चौरसिया कानुन, रामनाथ अधिकारी कृषि, बन्द्री पाण्डे पर्यटन, दीपक खड्का उर्जा ऐन शाही ठकुरीले वन मन्त्रालयको जिम्मा सम्हालेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij