२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
मिस्री आज (आइतबार) बिहान दुई दिने भ्रमणका लागि नेपालको आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी छन् ।
नेपाल–भारत सम्बन्ध र पारस्परिक हित र आपसी सम्बन्ध विस्तारलगायतका विषयमा परराष्ट्र सचिवहरूबीच वार्ता हुने बताइएको छ ।
उनी दुई दिन नेपालमा रहँदा परराष्ट्रमन्त्री आरजु राणा, नेपाल सरकारका विशिष्ट व्यक्तिहरूलगायतका व्यक्तिसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्नेछन् ।
मिस्री नेपाल भ्रमणमा आएसँगै नेपालको सत्ता राजनीतिमा उलटफेर हुनसक्ने कतिपयले आकलन गरेका छन् ।
उनले प्रत्यक्ष वा परोक्ष रूपमा नेपालको सत्ता राजनीतिबारे गहिरोसँग अध्ययन गर्ने बताइएको छ । त्यसपछि उनी साउन २८ गते स्वदेश फर्किने छन् भने त्यसको केही दिनमै नेपालको सत्ता राजनीतिमा केही फेरबदल हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij