२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समिति बैठक शुक्रबारदेखि जारी छ । उक्त समितिको बैठक आज (आइतबार) पनि बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार पार्टी स्थायी समिति बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।
बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । आफ्नो धारणा राख्नेक्रममा अधिकांश स्थायी समिति सदस्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति असन्तुष्टि जनाएको स्रोतले बतायो ।
स्रोतका अनुसार अध्यक्षको कार्यशैली र नेतृत्वदायी भूमिकाप्रति सदस्यहरूले प्रश्न उठाएका छन् । उनीहरूले नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij