Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ? 

पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ? 


  • 1.7K
    Shares

    पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ? 
    images

    काठमाडौं । विभिन्न पाँच संसदीय समितिको बैठक आइतबार बस्दैछ।

    प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभातर्फका तीन संसदीय समितिको बैठक आज बस्न लागेको हो।

    संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभातर्फको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ।

    समितिको सभाकक्षमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र राज्य व्यवस्था समिति बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सम्बन्धमा छलफल हुने बताइएको छ।

    त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संसोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ।

    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ।

    बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि दफावार छलफल गरिने कार्यसूची छ।

    दिउँसो २ बजे नै बस्ने सार्वजनिक प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रिय सभा सचिवसँग छलफल गर्ने कार्यसूची छ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। 

    बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनामा छलफल गर्ने कार्यसूची छ।

    प्रकाशित मिति :श्रावण २७ २०८१ आइतवार - ०८:४६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij