२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सम्पन्न भएको छ ।
बैठक आज (शुक्रबार) दिउँसो ११ बजेदेखि सुरू भई ४ बजे सम्पन्न भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीसँग छलफल गरेका थिए ।
छलफलमा प्रचण्डले पदाधिकारीलाई देशका ७७ वटै जिल्लाका वडादेखि केन्द्रसम्मका संगठनलाई सक्रिय बनाउन नीतिगत निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।
यसका साथै उनले पार्टीका नेतृत्वपंंक्ति गाउँ–गाउँसम्म पुग्ने बताइएको छ ।
उनको धारणाप्रति पार्टी सबै पदाधिकारी सहमत भएको प्रवक्ता सापकोटाले बताए ।
त्यस्तै पदाधिकारी बैठकले स्थायी समिति बैठकका लागि एजेण्डा तय गरेको छ ।
स्थायी समिति बैठक भने भर्खरै सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरू भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij