Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मधेस प्रदेश 

मधेसका मुख्यमन्त्री सिंहले आफूखुसी मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीले सोध्यो स्पष्टीकरण

मधेसका मुख्यमन्त्री सिंहले आफूखुसी मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीले सोध्यो स्पष्टीकरण


  • 3.0K
    Shares

    मधेसका मुख्यमन्त्री सिंहले आफूखुसी मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीले सोध्यो स्पष्टीकरण
    images

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्नै पार्टी जनमतले स्पष्टीकरण सोधेको छ । 

    मुख्यमन्त्री सिंहलाई पार्टी निदेशन विपरीत काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधेको हो । 

    मुख्यमन्त्री सिंहलाई आज (शुक्रबार) स्पष्टीकरण सोधिएको महासचिव चन्दन सिंहले जानकारी दिए । 

    मुख्यमन्त्री सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो । 

    पछिल्लो पटक उनले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पार्टीसँग कुनै सोधखोज गरेका थिएनन् । 

    गत साउन २२ गते ५ जना राज्यमन्त्री थपेका सिंहको क्याबिनेटमा अहिले २० सदस्य छन् । 

    प्रकाशित मिति :श्रावण २५ २०८१ शुक्रवार - १६:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij