२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पार्टी स्थायी समिति र पदाधिकारी बैठक बस्दैछ ।
स्थायी समिति बैठक आज (शुक्रबार) दिउँसो ४ बजे बस्नेछ भने पदाधिकारी बैठक बिहान ११ बजे बस्नेछ ।
बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार स्थायी समिति बैठकको एजेन्डा तय गर्नेछ ।
यसका साथै सदनलाई प्रभावकारी बनाउने, विधानअनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij