Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


  • 1.9K
    Shares

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।  दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ ।बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । 

    गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् ।

    पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । 

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - ०९:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij