Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काभा महिला भलिबल नेसन्स लिगः आज नेपाल र भारत भिड्दै

काभा महिला भलिबल नेसन्स लिगः आज नेपाल र भारत भिड्दै


  • 1.5K
    Shares

    काभा महिला भलिबल नेसन्स लिगः आज नेपाल र भारत भिड्दै

    काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र भारत भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

    लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ। नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो। लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो।

    जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ। यद्यपी आजको खेलमा नेपाली टोली भारतीय टोलीको कडा चुनौती पन्छाउने रणनीतिसहित कोर्टमा उत्रनेछ। घरेलु मैदानमा लगातार दुईपटक भारतसँग पराजित महिला टोली आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुनेछ।

    सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो। त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो। तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो।यस्तै अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको काभामा नेपाल भारतसँग पराजित भएको थियो। लगातार दुई पटक भारतले दिएको चोट बिर्सिएर नेपाली टोली आजको खेलमा शसक्त प्रर्दशन गर्ने योजनामा छ।

    प्रकाशित मिति :श्रावण १९ २०८१ शनिवार - ०५:५४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij