२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेकपा एमालेबाट ४ र नेपाली कांग्रेसबाट ४ थरी ८ जना मन्त्री नियुक्त गरेका थिए।
उनीहरू कसैको पनि जिम्मेवारी तोकिएको थिएन। शुक्रबार प्रदेश प्रमुख कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
जस अनुसार, आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन्।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरीले जिम्मेवारी पाएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।
सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री आचार्यले आफैँसँग राखेका छन्। कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री पठाएको छैन।
हेर्नुस् विज्ञप्तिः

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij