Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सत्ता राजनीति

कांग्रेसबाट कर्णाली सरकारमा जाने यी हुन् ४ मन्त्री, कसलाई कुन मन्त्रालय ?

कांग्रेसबाट कर्णाली सरकारमा जाने यी हुन् ४ मन्त्री, कसलाई कुन मन्त्रालय ?


  • 3.6K
    Shares

    कांग्रेसबाट कर्णाली सरकारमा जाने यी हुन् ४ मन्त्री, कसलाई कुन मन्त्रालय ?
    images

    काठमाडौं ।  नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ ।

    कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीको नाम दिएका हुन् ।

    प्रमुख सचेतक विष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।

    ‘हामीले दलको तर्फबाट भरखरै मुख्यमन्त्रीज्यूलाई नाम पठाएका छौं, प्रमुख सचेतक विष्टले अनलाइनखबरसँग भने ।केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो ।

    आठ सदस्यीय प्रदेश मन्त्रीपरिषदमा एमालेबाट एक मुख्यमन्त्री तथा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८१ शुक्रवार - १२:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij