Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक, सबै भन्दा धेरै आउने मुलुक कुन हो ?

७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक, सबै भन्दा धेरै आउने मुलुक कुन हो ?


  • 2.1K
    Shares

    ७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक, सबै भन्दा धेरै आउने मुलुक कुन हो ?
    images

    काठमाडौं । पछिल्लो ७ महिनामा नेपालमा ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल भित्रिएका यी पर्यटक सन् २०२३ को पहिलो ७ महिनाको तुलनामा २१.२२ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२३ मा नेपालमा ५ लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२४ को जुलाईमा आगमन भएको कूल पर्यटक मध्ये एकतिहाइ अर्थात् ३३।२७ प्रतिशत भारतीय छन् । यस अवधिमा २१ हजार ४९१ जना भारतीय पर्यटक नेपाल आएका छन् । 

    यसैगरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ७ हजार ८६४ जना, चीनबाट ६ हजार ८१८ जना, बेलायतबाट ३ हजार ८०६ जना नेपाल भित्रिएका छन् । 

    यस्तै बंगलादेशबाट ३ हजार ४७० जना पर्यटक नेपाल आएकामा अस्ट्रेलियाबाट १ हजार ९०१ जना, दक्षिण कोरियाबाट १ हजार ५३७ जना, भुटानबाट १ हजार २०७ जना, मलेसियाबाट १ हजार १२५ जना र जापानबाट १ हजार ११४ जना नेपाल आएका छन् ।

    यो तथ्याङ्क बाई एयर (हवाई मार्ग) बाट आउने पर्यटकहरूको मात्र हो । तुलनात्मक रूपमा हवाई मार्गबाट आउनेहरू भन्दा तीन गुणा बढी पर्यटक बाई रोड (स्थलमार्ग)  हुँदै आउने गरेको पर्यटन बोर्डले जनाएको छ । यसमा पनि भारतीय पर्यटकहरू धेरै छन् ।

    1722500257-W9CCZ.jpg

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १३:५७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij