Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसदीय समितिको बैठक

संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो

संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो


  • 2.0K
    Shares

    संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो

    काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि सरेको संसद् सचिवालयकी सचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।

    प्राविधिक कारणले बैठक सरेको उनले बताइन्। साँझ ५ बजेको बैठक शंकर हल, नयाँ बानेश्वरमा बस्नेछ। 

    प्रधानलाई गत असार २ गते बसेको संवैधानिक परिषद्‌को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।

    त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो भने उनीविरुद्धका उजुरीमध्ये एक महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।

    प्रकाशित मिति :श्रावण १४ २०८१ सोमवार - १०:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij