Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

केन्द्रीय समिति बैठक

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३२९ सदस्यीय बन्ने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३२९ सदस्यीय बन्ने


  • 2.1K
    Shares

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३२९ सदस्यीय बन्ने
    images

    काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ ।

    यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो ।

    १० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफल भएपनि निर्णय गर्न बाँकी नै रहेको छ । ‘छलफल भएको छ, निर्णय हुन बाँकी छ’, ती नेताले भने, ‘त्यो दश प्रतिशत २९९ सदस्यीय कमिटी बनेपछि थप्ने कि अहिले नै थपेर घोषणा गर्ने भन्नेमा नेताहरूबिच एकमत भइसकेको छैन ।’

    गत असार २१ गते प्रज्ञा भवनस्थित दसौँ राष्ट्रिय महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेको सो पार्टीले बाँकी २०६ जना केन्द्रीय सदस्य महाधिवेशन सकिएको १० दिनभित्र चयन गरिसक्ने जनाएको थियो । तर महाधिवेशन सकिएको २० दिन बित्दा पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।

    बिहीबारको बैठकले साउन १४ गते बस्ने बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    ‘साउन १३ भित्र आन्तरिक गृहकार्य सकेर १४ गते बैठक बसेर सोही दिन केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ’, खतिवडाको भनाइ छ ।  स्रोतका अनुसार आकांक्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप्ने तयारी भएको छ ।

    नेता राजेन्द्र पाण्डेले विधानमै १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएको बताए ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - १५:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij