२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । एक दिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे काठमाडौं आइपुगेका छन् ।
चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डल सहित वेई काठमाडौं आएका हुन् ।
एयर चाईनाको विमान मार्फत भित्रुवन विमानस्थल अवतरण गरेका उनी अहिले बालुवाटारस्थित चिनियाँ दूतावास खाना खाएर औपचारिक भेटघाटमा सक्रिय हुने कार्यक्रम छ ।
चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतीसँग औपचारिक भेटवार्ता गर्नेछन् । एक दिने भ्रमण पुरा गरेर वेई आजै साँझ फिर्ता हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij