Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

केन्द्रीय समिति बैठक

विधान संशोधनको लागि ९० दिनभित्र सुझाव पेस गर्न कार्यदललाई रास्वपाको निर्देशन

विधान संशोधनको लागि ९० दिनभित्र सुझाव पेस गर्न कार्यदललाई रास्वपाको निर्देशन


  • 2.4K
    Shares

    विधान संशोधनको लागि ९० दिनभित्र सुझाव पेस गर्न कार्यदललाई रास्वपाको निर्देशन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९० दिनभित्र विधान परिमार्जन र संशोधन गर्ने भएको छ । सो पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले यसअघि गठित विधान परिमार्जन र संशोधन गर्न बनेको नेता कवीन्द्र बुर्लाकोटी नेतृत्वको कार्यदललाई ९० दिनभित्र सुझाव पेस गर्न निर्देशन दिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । 

    ‘जलेश्वर बैठकपछि बनेको विधान परिमार्जन संशोधन कार्यदल बनेको थियो । उक्त कार्यदलले आजैबाट काम सुरु गर्ने र पहिलो बैठक अहिले नै बस्ने निर्णय गरेको छ’, बैठकपछि नेता झाले भने, ‘कार्यदललाई ९० दिनभित्र सुझाव प्रस्तुत गर्ने निर्देशन दिएको छ ।’ उनका अनुसार कार्यदल सदस्यमध्येबाटै उपसंयोजक र सचिव छनोट गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।  

    त्यसैगरी बैठकले आगामी दोस्रो साताबाट कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

    त्यसैगरी बैठकले पार्टीभित्र रहेका र उठेका धेरै विषयबारे छलफल गर्न क्लोज क्याम्पबारे छलफल भएको नेता झाले जानकारी दिए । ‘त्यो क्याम्पमा आज सभापतिले नेतृत्व गर्नुभएको छ’, झाले भने, ‘पार्टीका केन्द्रीय विभाग मनोनयन र अनुमोदन बाँकी सबै विभागहरूले कार्यविधि रिभ्यु गर्ने र त्यसकालागि प्रस्तुत गर्ने टिम पनि प्रस्ताव गर्ने निर्णय भएको छ ।’ 

    बैठकले यसअघि राष्ट्रिय योजना आयोगका सदस्य बनेका अरनिको पाँडेलाई पुन केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । पाँडेले राष्ट्रिय योजना आयोगको सदस्य बनेपछि पार्टीबाट राजीनामा दिएका थिए । साथै पार्टी सचिवालयले विभिन्न समयमा गरेका निर्णयहरू पनि बिहीबारको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । 

    यसबाहेक पार्टीमा भएका घटना, अभियोग र उठेका सबै विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिएको रास्वपाले जनाएको छ । 

    ‘व्यक्तिगत प्रहार के कसरी आइरहेको छ ? त्यसको कसरी सामना गर्नुपर्छ भन्नेबारेमा समेत छलफल भएको छ’, झाको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - १५:४५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij