Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मधेश प्रदेश सरकार

अर्थ मन्त्रालय नपाएको झोकमा सत्तारूढ दल कांग्रेसले समर्थन फिर्ता लिँदै

अर्थ मन्त्रालय नपाएको झोकमा सत्तारूढ दल कांग्रेसले समर्थन फिर्ता लिँदै


  • 2.7K
    Shares

    अर्थ मन्त्रालय नपाएको झोकमा सत्तारूढ दल कांग्रेसले समर्थन फिर्ता लिँदै
    images

    जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिने भएको छ ।

    मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।

    स्रोतका अनुसार कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको छ ।

    तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएका छन् ।

    पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्प खोजेको छ ।

    कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - १८:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij