Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

मधेस प्रदेश सरकारको बजेट पारित, ४३ अर्ब ८९ करोड २१ लाख बराबरको बजेट प्रस्तुत

मधेस प्रदेश सरकारको बजेट पारित, ४३ अर्ब ८९ करोड २१ लाख बराबरको बजेट प्रस्तुत


  • 2.5K
    Shares

    मधेस प्रदेश सरकारको बजेट पारित, ४३ अर्ब ८९ करोड २१ लाख बराबरको बजेट प्रस्तुत

    जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ ।

    प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो ।

    यही असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा रू ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।

    बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ ।

    बजेटमाथि प्रश्न उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका चार दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो ।

    आज बिहान बसेको सर्वदलीय बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णयपछि बजेटमाथिको छलफल एकै दिनमा सकेर पारित गरिएको छ ।

    छलफलमा २२ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - २०:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij