२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा बनाउन नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ।
बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
पदाधिकारी बैठकले अब के गर्ने भनेर निर्णय गर्ने पुनले बताए। सोमबार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य गरेर अघि बढ्ने सहमति गरेपछि प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा संकट आएको हो।
कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्र २०७९ पुस १० गते एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेको थियो।
त्यसयताको डेढ वर्षमा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेले पालै पालो समर्थन गर्दै आएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij