Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

कांग्रेस-एमालेबीच नयाँ सरकार बनाउने सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री

कांग्रेस-एमालेबीच नयाँ सरकार बनाउने सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री


  • 3.0K
    Shares

    कांग्रेस-एमालेबीच नयाँ सरकार बनाउने सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री
    images

    नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । संसद्का दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधन गर्ने मुख्य एजेन्डासहित सहमति गरेपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ।

    ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

    एक महिनायताका पटकपटकका छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    दुई दलबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन्। 

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - ०५:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij