Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सत्ताको रस्साकस्सी

देउवा–ओलीको सघनवार्ता पश्चात् कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरण फेरबदलको संकेत  

देउवा–ओलीको सघनवार्ता पश्चात् कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरण फेरबदलको संकेत  


  • 7.4K
    Shares

    देउवा–ओलीको सघनवार्ता पश्चात् कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरण फेरबदलको संकेत  
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी एवं पूर्व पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

    कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।

    बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताए । 

    आजको बैठकमा यसअघि सत्तारूढ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको सघन भेटवार्तालाई लिएर पनि छलफल हुने बुझिएको छ । 

    यसबारेमा देउवाले बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । पछिल्ला केही दिनयता देउवा र ओलीले पटकपटक भेटवार्ता गर्दै आएका छन् । सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताको भेटवार्तालाई लिएर सत्ता समीकरण फेरबदल आउन सक्ने आकलन राजनीतिक वृत्तमा गरिएको छ । 

    प्रकाशित मिति :आषाढ १७ २०८१ सोमवार - १०:४७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij