Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

सुदूरपश्चिम प्रदेश सरकार

विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले फुटाए मन्त्रालय

विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले फुटाए मन्त्रालय


  • 3.4K
    Shares

    विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले फुटाए मन्त्रालय

    धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले यसअघि नियुक्त गरेका विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मन्त्रालय फुटाएका हुन् ।

    सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका छन् ।

    भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ । मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ११:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij