२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।
यसअघि हिजो (शनिबार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा गोप्य भेटवार्ता भएपछि राजनीतिक वृत्त तरंगित भएको छ ।
हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij