Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

ओठेभक्ति होइन जनताको बहुदलीय जनवाद : ओली

ओठेभक्ति होइन जनताको बहुदलीय जनवाद : ओली


  • 2.9K
    Shares

    ओठेभक्ति होइन जनताको बहुदलीय जनवाद : ओली
    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

    शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । उनले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताए ।

    अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए । उनले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरूलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताए ।

    उनले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताए । उनले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताए । 

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - १६:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij