२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रभु साह नेतृत्वको आमजनता पार्टीनिकट आइटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौंस्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेका छन् ।
आइटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरूले वैदेशिक रोजगारका पीडितहरूको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन्
वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आइटी आर्मीले झण्डै दुई हप्तादेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलनसँगै उनीहरू वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन् । तर, आन्दोलनको सरकारमाथि कुनै असर परेको देखिँदैन ।
विदेश जाने युवाहरूसँग बिनारसीद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाललाई कारबाही गर्नुको सट्टा सरकारले उल्टै आन्दोलनकारीलाई धरपकट कार्य सही हैन । यसमा सम्माननीय प्रधानमन्त्रीको समयमा ध्यान जाओस् आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij