Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

नेकपा (एस) १०औँ महाधिवेशन 

नेतृत्व पुस्तान्तरणमा भुसालको जोड, खनाल सकारात्मक, सर्वसम्मत अध्यक्ष चयनको प्रयासमा नेपाल 

नेतृत्व पुस्तान्तरणमा भुसालको जोड, खनाल सकारात्मक, सर्वसम्मत अध्यक्ष चयनको प्रयासमा नेपाल 


  • 3.3K
    Shares

    नेतृत्व पुस्तान्तरणमा भुसालको जोड, खनाल सकारात्मक, सर्वसम्मत अध्यक्ष चयनको प्रयासमा नेपाल 
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । 

    राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

    पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिएका छन् । 

    सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेकपा (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने दिएका छन् । 

    कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए । 

    पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । 

    नेतृत्व पुस्तान्तरणबारे खनाल सकारात्मक भए पनि नेपाल सर्वसम्मत अध्यक्ष चयनका लागि छलफलमै रहेको बताइएको छ । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ । 

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - ११:००:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij