२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छिट्टै निष्कर्षमा पुर्याउने तयारी भइरहेको छ ।
हिजो (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको बैठकमा टीआरसी विधेयकमा निष्कर्षमा पुर्याउने सहमति नजिक पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
कानुन मन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकेपनि निकट भविष्यमै सहमति जुटाएर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।
टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij