Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राष्ट्रिय सभा

राष्ट्रिय सभा बैठकमा आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

राष्ट्रिय सभा बैठकमा आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग


  • 2.4K
    Shares

    राष्ट्रिय सभा बैठकमा आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग
    images

    काठमाठौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । 

    आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका हुन् । 

    राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद गंगाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने माग गरिन् । 

    सांसद तारामान सुनुवारले समाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नुपरेको बताए । 

    सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्धवृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

    सांसद भगवती न्यौपाने काठमाडौंमा ट्राफिक बत्ती जडान भए पनि राम्रोसँग काम नगरेको भन्दै सो व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताए ।

    सांसद मायाप्रसाद शर्माले बाढी, पहिरोबाट घाइते भएकाको समयमै उद्धार गर्नुपर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गरे । 

    सांसद शारदादेवी भट्ट र सुमित्रा बिसीले वर्षायामको सुरुसँगै जनधनको क्षति भएको भन्दै पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । 

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - १३:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij