२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न संसदीय समितिका सदस्यहरुको हेरफेरसहित व्यवस्थापन कार्यको कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
व्यवस्थापन कार्यअन्तर्गत पर्यटनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेखमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ भने सो प्रस्तावलाई पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा कार्यव्यवस्था परामर्श समिति, संयुक्त समिति र विषयगत समितिका सदस्य हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij