Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

रास्वपाबाट राजदूत बन्न १ सय जनाको आवेदन

रास्वपाबाट राजदूत बन्न १ सय जनाको आवेदन


  • 2.4K
    Shares

    रास्वपाबाट राजदूत बन्न १ सय जनाको आवेदन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि बुधबारसम्म करिब १ सय जनाको आवेदन परेको छ । आवेदन बुझाउनका लागि पार्टीले शुक्रबारसम्मको समय दिएको हो ।

    पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा। अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

    ‘हालसम्म करिब १ सय जनाको आवेदन आएको छ । शुक्रबारसम्म समय रहेकाले यो सङ्ख्या अझ बढ्न सक्छ,’ संयोजक खनालले भने, ‘त्यसैले शुक्रबारपछि मात्र आवेदनको छनोट प्रक्रिया अघि बढ्छ ।’

    खनालले आवेदनको सूचीबाट अन्तिम उम्मेदवार यसअघिकै तीन सदस्य समितिले छनोट गर्ने कि नयाँ समितिले गर्ने भन्ने विषय पनि टुङ्गो नलगाकेको बताए ।

    सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

    प्रकाशित मिति :आषाढ १२ २०८१ बुधवार - १५:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij