Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

बुढीगण्डकीमा अर्थमन्त्रीको चासो देखिएन, प्रधानमन्त्री पनि अन्यायमा पर्नुभएको छ : सांसद बजगाईं 

बुढीगण्डकीमा अर्थमन्त्रीको चासो देखिएन, प्रधानमन्त्री पनि अन्यायमा पर्नुभएको छ : सांसद बजगाईं 


  • 2.3K
    Shares

    बुढीगण्डकीमा अर्थमन्त्रीको चासो देखिएन, प्रधानमन्त्री पनि अन्यायमा पर्नुभएको छ : सांसद बजगाईं 
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बुढीगण्डकी आयोजनामा सरकारको ध्यान नपुगेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बजगाईंले अर्थमन्त्रीले सो परियोजनामा चासो नदेखाएकोले प्रधानमन्त्री प्रचण्डसहित आफूहरू सबै अन्यायमा परेको टिप्पणी गरेका छन् ।

    उनले भने, ‘अर्थमन्त्री मुसुमुसु हाँसिराख्नुभएको छ, उहाँलाई अग्रिम बधाई छ, सायद आज बजेट पास हुन्छ । प्रधानमन्त्री, छिमेकी जिल्लाका माननीय रामनाथ अधिकारी पनि यहीँ हुनुहुन्छ । तर, बुढीगण्डकी जलविद्युत् आयोजनामा धेरै अन्यायमा परेका छौं । प्रधानमन्त्रीसहित हामी सबै अन्यायमा परेको छौं । बुढीगण्डकी जलविद्युत आयोजनामा अर्थमन्त्रीको धेरै चासो देखिएन भनेर गाउँलेहरूले पनि कुरा गरिरहेका छन् ।’

    उनले गोरखाका दुई युवालाई चीन सरकारको नियन्त्रणमा रहेको कुरामा सरकारलाई पुनस् ध्यानाकर्षण समेत गराए ।

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - १३:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij