२०८२ कार्तिक २१ गते शुक्रवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतको नियुक्ति सच्याइने बताएका छन् ।
आज मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ मा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताएका हुन् ।
उनले राजदूत नियुक्त गर्दा आफूले मेरिटका आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएका नामलाई नियुक्तका लागि सिफारिस गरेको बताए । उनले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij