Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री


  • 2.3K
    Shares

    लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ :  प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भू–भाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

    ‘नेपाल सरकार नेपाल भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।

    आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए । नेपालको सीमाका विषयमा नेपालीहरुका बीचमा अभूतपूर्व राष्ट्रिय सहमति कायम रहेको पनि उनले बताए ।

    ‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरू, नेपाल सरकार र हामी सबै नै स्पष्ट र दृढ छौँ । यस विषयमा हाम्रो अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यसको उदाहरण २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको उनले बताए ।

    तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल–भारतका दुई पक्षीय संयक्र क्रियाशील गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - ११:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij