Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसद् बैठक

सेनाको गोली लागेर ज्यान गुमाएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन एमाले सांसदको माग 

सेनाको गोली लागेर ज्यान गुमाएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन एमाले सांसदको माग 


  • 3.1K
    Shares

    सेनाको गोली लागेर ज्यान गुमाएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन एमाले सांसदको माग 
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका हुन् । 

    उनले भनेका छन्, ‘राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुःख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रशन उठाउनु भएको छ । हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्तीक्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरुले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे ।’

    उनले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउँदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताए । 

    उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन् ।

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - १३:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij