२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । आज (आइतबार) विहान ११ः०० का लागि बोलाइएको उक्त सभाको बैठक अझैँ बस्न सकेको छैन ।
पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलाइ हुँदासम्म पनि बैठक बस्न नसकेको हो । यद्यपि यसबारे संघीय सचिवालयले हालसम्म कुनै आधिकारिक जानकारी भने गराएको छैन ।
तोकिएको समयममा बैठक बस्न नसकेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्को आलोचना हुने गरेको छ । यसबारे संघीय सचिवालय मौन रहेको छ भने दलहरूको ढिलासुस्तीले बैठक घण्टौँ पछिसम्म पनि बसकेको नसकेको पाइएको छ ।
आजको संसद् बैठकबाट सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित गर्ने तयारी गरेको छ । यसका लागि प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरूलाई संसद् बैठक कक्षबाट नबाहिरिन निर्देशन दिएको छ ।
प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने तयारी गरेको छ भने एमालेले हालसम्म कुनै निर्णय गरेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij