२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ ।
सरकारले संसदबाट बजेट पारित गर्ने लागेकोले यस विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।
बजेट पारितका सन्दर्भमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
पार्टीले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी गरेको छ ।
सत्तारुढ अन्य दलले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गर्ने भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij