Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रतिनिधिसभा बैठक

बजेट पारित नहुञ्जेल सांसदहरूलाई संसद् बैठकबाट नबाहिरिन कांग्रेसको निर्देशन 

बजेट पारित नहुञ्जेल सांसदहरूलाई संसद् बैठकबाट नबाहिरिन कांग्रेसको निर्देशन 


  • 3.3K
    Shares

    बजेट पारित नहुञ्जेल सांसदहरूलाई संसद् बैठकबाट नबाहिरिन कांग्रेसको निर्देशन 
    images

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदबाट बजेट पारित गर्दैछन् । उनले आज (आइतबार) बिहान ११ बजे संसद् बैठकबाट बजेट पारित गर्न लागेका हुन् । 

    पुनले बजेट पारित गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

    गत शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरूलाई निर्देशन दिएको थियो । यसका साथै उसले आफ्ना कुनै पनि सांसदहरूलाई बैठक कक्षबाट नबाहिरिन समेत निर्देशन दिएको छ । 

    कांग्रेसले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरूले आपत्ति जनाउँदै आएका छन् । 

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - ०९:५१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij