Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बस्दै : राजदूत नियुक्तिबारे छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै : राजदूत नियुक्तिबारे छलफल हुने


  • 2.5K
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै : राजदूत नियुक्तिबारे छलफल हुने
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज (शुक्रबार) अपरान्ह बस्ने भएको हो । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    आजको बैठकमा ११ देशमा रिक्त राजदूतहरूको पदपूर्तिका लागि छलफल हुने बताइएको छ । यसका साथै अन्य समसामयिक विषयमा पनि छलफल हुनेछ । 

    हिजो (बिहीबार) अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच राजदूत नियुक्तिबारे मोटामोटी सहमति भइरहेको छ । 

    सो सहमतिअनुसार नेकपा (एमाले) ८, रास्वपा २ र माओवादी केन्द्रले १ राजदूत लिने गरी सहमति भएको छ । गत जेठ २४ मा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - ११:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij