२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै सरकारको जवाफको माग गरेका छन् ।

उनले भने, ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस् ।’
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको छ । यस विषयमा भण्डारी र एमालेले कुनै आधिकारी जानकारी दिएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij