२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदीन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौंमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।
उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेसीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् ।
उनले काठमाडौंमा हुने आन्दोलनमा अन्य र मधेसीमाथि विभेद हुने गरेको बताइँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेसीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए ।
सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij