Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसद् बैठक

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)


  • 2.6K
    Shares

    संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आज (मंगलबार) राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । 

    बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

    साथै विभिन्न सांसद्हरुले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।

    pp.webp

    त्यस्तै राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ ।  सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    प्रतिनिधिसभाको बैठक विहान ११ः०० बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्नेछ । 

    rr.webp

     

    प्रकाशित मिति :आषाढ ४ २०८१ मंगलवार - ०९:५०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij