Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ : विप्लव

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ : विप्लव


  • 4.1K
    Shares

    प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ : विप्लव
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने जिकिर गरेका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डलाई काम गर्न दिनुपर्ने अभिव्यक्ति दिएका हुन् । 

    ‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेकाे पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदा आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १७:५४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij