२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् ।
उनले आज (सोमबार) काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताए ।
समाजवादलाई अघि बढाउने उद्देश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवाद उन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको धारणा राखे ।
पार्टीभित्र दुई लाइन संघर्ष चलेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपाल भन्छन्, ‘महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्नेछौँ । अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केही विकृतिहरू पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने । त्यसका लागि हाम्रो पार्टीभित्रै कुनै संघर्ष र मतभेद छैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij