२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईजीपी फेरबदल नहुने स्पष्ट पारेका छन् ।
आज (सोमबार) चितवन भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग संवाद गर्दै आईजीपी परिवर्तनबारे आएका समाचारहरूमा सत्यता नभएको उनले जिकिर गरे ।
उनले भने, ‘अस्तिको दिनमात्रै तीनवटा आईजीपीलाई बोलाएर भनेको छ । अहिले केही परिवर्तन हुँदैन । तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु । त्यही स्पिडमा उहाँहरूले काम गर्नुभएको छ ।’
यसका साथै उनले सत्ता समीकरण कुनै फेरबदल नहुने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij