Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड


  • 11.7K
    Shares

    विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड
    images

    संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो गर्दै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यले समितिका निर्देशन लागू गर्न सरकार क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

    पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा छलफल गर्न आयोजित समितिको आजको बैठकमा विपक्षी दलका मात्र नभई सत्तापक्षका सांसदले पनि सरकारबाट आफैँ भएका निर्णयसमेत कार्यान्वयन नभएको आरोप लगाउनुभयो । 

    समितिका सभापति पवित्रा निरौलाका अध्यक्षतामा भएको बैठकमा सदस्यले प्राकृतिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै प्रमुख पर्यटकीय गन्तव्य नेपालको पर्यटन प्रवद्र्धनमा सशक्तरूपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    उहाँहरूले पर्यटकीय क्षेत्रको विकास तथा त्यसबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास एवं पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनुपर्ने बताउनुभयो । रासस

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १६:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij