Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

काठमाडौं महानगर

बालेनको जनप्रतिनिधिलाई चेतावनी : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

बालेनको जनप्रतिनिधिलाई चेतावनी : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू


  • 3.8K
    Shares

    बालेनको जनप्रतिनिधिलाई चेतावनी : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । 

    आज (आइतबार) सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन् भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् । 

    उनले भनेका छन्, ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन् भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’ 

    नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन । 

    काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू होला । 

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - ११:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij