२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।
आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा शून्य समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले पाँच दिनअघि भारत भ्रमण गरेका थिए । उक्त भ्रमणबारे आगामी बैठकमा जानकारी गराइनुपर्ने प्रमुख सचेतक लेखकले बताए ।
‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि ! प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’ लेखकले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij