Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

प्रतिनिधिसभा बैठक

गृहमन्त्री रवि लामिछानेको प्राकृतिक विपदको तयारीबारे एमाले सांसद असन्तुष्ट

गृहमन्त्री रवि लामिछानेको प्राकृतिक विपदको तयारीबारे एमाले सांसद असन्तुष्ट


  • 2.2K
    Shares

    गृहमन्त्री रवि लामिछानेको प्राकृतिक विपदको तयारीबारे एमाले सांसद असन्तुष्ट
    images

    काठमाडौं । सांसद तथा सत्तारूढ दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेट कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

    आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउँदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए ।

    उनले भने, ‘सरकारको पूर्वतयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई बार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’

    नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकूल अवस्थाका बीच पनि उद्धारको काम गरिरहेको बताए ।

    उनले देश भर नै विपदको पूर्वतयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

    यसअघि बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले प्राकृतिक विपदको तयारीका लागि सरकारले कुनै कमी नगरेको बताएका थिए ।  

    प्रकाशित मिति :जेठ ३१ २०८१ बिहिवार - ११:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij